FAQs Complain Problems

संक्षिप्त परिचय

नेपालको सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चल कञ्चनपुर जिल्लामा पर्ने यो नगर पालिका नेपाल सरकारको मिति २०७१।०८।१६ गतेको निर्णयानुशार देशभरी गठन भएका ६१ नगरपालिकाहरु मध्ये एक नगरपालिका हो । यस क्षेत्रमा नगरपालिका हुन पुर्व झलारी, पिपलाडी र देखतभुलीका वडा न ६,४ गरी तिन वटा गा.वि.स थिए र ती तिन वटा गा.वि.सका वडाहरु समायोजन भै शुक्लाफाँटा नगरपालिका बनाईएको हो । नेपाल सरकारको मन्त्रीपरिसदको मिति २०७३/११/०९ निर्णयबाट स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको अादेश २०७३ अनुसार यो शुक्लाफाँटा नगरपालिकामा जम्मा १२ वटा वडा मिलेर बनेको छ । जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि २० कि.मि टाढा पश्चिम तर्फ रहेको यस नगरपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । यस नगरपलिकाक्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका मानिसहरुको मिश्रित बसोवास रहेको छ ।

क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुप :

कन्चनपुर जिल्लाको पुर्व पश्चिम राजमार्ग अन्र्तगत मध्यविन्दुमा रहेको १६२.५७ वर्ग किमि. क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा नगरपालिका अन्तरगत ४६८३४ जनसख्या रहेको छ । यस नगरपालिकाको भु–आकृति स्वरुप करिव सवैजसो समतल रहेको छ । यस नगरपलिकाको पुर्वमा कृष्णपुर नगरपालिका, पश्चिममा शुक्लाफाँटा वन्यजन्तु आरक्ष र वेदकोट नगरपालिका , उत्तरमा डडेल्धराको चुरे पर्वत र दक्षिणमा लालझाडी गा.पा र शुक्लाफाँटा वन्यजन्तु आरक्ष रहेको छ । यस नगरपालिकाको अधिकतम तापक्रम ३८ डिग्रि र न्युनतम तापक्रम ९ डिग्रि रहको पाईन्छ ।

प्रशासकीय एवं राजनीतिक विभाजन:

 

  • ( कन्चनपुर जिल्ला ) ७ न प्रदेश
  • अञ्चल : महाकाली
  • जिल्ला सदरमुकाम : महेन्द्रनगर
  • प्रदेस निर्वाचन क्षेत्र : ६
  • के‍.निर्वाचन क्षेत्र : ३
  • शुक्लाफाँटा नपा अन्तगतका निर्वाचन क्षेत्रहरू :- के‍.निर्वाचन क्षेत्र न : २
  • प्रदेस निर्वाचन क्षेत्र : ख. (वडा न १,२,३,४,५ र ६,१० र १२) क .(वडा न ७,८,९,११,)
  • वडा : १२
  • क्षेत्रफल : १६२.५७ वर्ग किमि.
  • जनसख्या : ४६८३४ जना